उपनिर्वाचनमा सेना परिचालन

राष्ट्रपति रामचन्द्र पौडेलले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेनाको परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका छन् ।

उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को यही मंसिर ६ गतेको बैठकको निर्णय बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएको राष्ट्रपति कार्यालयका  प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।