बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगका लागि स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन जोड दिनुभएको छ ।
आज १०औँ उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडामा आयोजित नवप्रवर्तक उद्यमी सम्मान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले हाम्रो वरपर भएका कच्चापदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न सके कच्चापदार्थको आयातका नाममा नेपाली पैसा नबाहिरिने बताउनुभयो ।
कार्यक्रममा काभ्रेपलाञ्चोकका झ्याम्बल कृषि फर्म उद्योग प्रालिलाई सर्वोत्कृष्ट उद्योग घोषणा गर्दै नगद रु एक लाखसहित सम्मान गरिएको थियो भने अन्य १० उत्कृष्ट उद्यमीलाई जनही रु ४० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, प्रदेश प्रमुख सचिव डा हरिप्रसाद लम्साललगायतको उपस्थिति रहेको थियो ।
































