काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई अघि बढाउन धेरै राजनीतिक दलहरू नभइ बलियो राजनीतिक दल हुनुपर्ने बताएका छन्।
बिहीबार कीर्तिपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले धेरै राजनीतिक दल र धेरै सरकार परिवर्तन हुने गर्दा मुलुक विकास हुन नसक्ने भन्दै धेरै भन्दा थोरै तर बलिया राजनीतिक दल आवश्यक रहेको बताए।
उनले एमाले नेतृत्वको सरकारमा पालामा युवाहरूको विदेश पलायन कम भएको तथ्याङ्कले देखाएको जिकिर गरे।
































