एनपीएल खेल्न नेपाल आईपुगे टम मुर्स

नेपाल प्रिमियर लिगमा सहभागी हुनका लागि  इङ्गल्यान्डका  विकेटकिपर ब्याट्सम्यान  टम मुर्स नेपाल आईपुगेका छन। मुर्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स बाट खेल्नेछन।

सन् २०१६ देखि फर्स्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका   मुर्सले सन् २०२३ देखी टी-२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।

मुर्स काउन्टी, बिपिएल, एलपिएल, पिएस्एल लगायत विभिन्न लिगहरु खेलिरहेका उत्कृष्ट लयमा रहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् । १२८ वटा विभिन्न फ्रेन्चाइजी टी-२० खेलिसकेका उनले २३.३४ औसतमा २३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ ।

लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल  हुन भने प्रमुख प्रशिक्षक नन्दन फदनिस रहेका छन। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मङ्सिर १९ गते बिराटनगर किङ्स विरुद्ध खेल्नेछ।