हङकङबाट स्वदेश फर्किए लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन साताव्यापी हङकङ भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गर्न लिङदेन पुस ७ गते हङकङ प्रस्थान गरेका थिए ।

भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेका थिए ।